युरोकप छनौटमा पोर्चुगलको विजयी शुरुवात, रोनाल्डोले बनाए नयाँ कीर्तिमान

काठमाडौँ । पोर्चुगलले युरोकपको छनौट अन्तर्गत विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले लिएचटेनस्टेइनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको गोलमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने जोआओ क्यान्सेलो र बेर्नान्डो सिल्भाले एक एक गोल गरेका थिए । यो जितसँगै पोर्चुगलले युरोकप छनौटको समुह जे मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

लिएचटेनस्टेइनविरुद्धको खेलसँगै रोनाल्डो पुरुषतर्फ राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै क्याप १९७ जित्ने खेलाडी बनेका छन् । रोनाल्डोले विश्वकपमा १९६ क्यापमा कुवेतका फरवार्ड बदेर अल-मुतावासँग बराबरी गरेका थिए ।

साथै विश्वमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने रेकर्ड पनि रोनाल्डोकै नाममा रहेको छ । रोनाल्डोले अहिलेसम्म १९७ खेलमा १२० अन्तर्राष्टिय गोल गरेका छन् । युरोकप छनौट अन्तर्गत पोर्चुगलले अब मार्च २७ मा लक्जेम्बर्गसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *