कक्षा २ मा अध्ययनरत बालिका शिक्षकबाटै बलात्कृत, ढाकछोप गर्दै प्रहरी

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ३ स्थित सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत एक बालिका शिक्षकबाटै बलात्कारको सिकार भएकी छन् । स्कुलका शिक्षक जितेन्द्र यादवले ती छात्रा बालिकालाई  शौचालयमा थुनेर बलात्कार गरेकाे खुलेकाे छ । घटना बुधबारकाे हाे ।

घटना बाहिर आएपछि बलात्कार आरोपित शिक्षक यादव फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर रामकृष्ण देवकोटाले घटनाको ढाकछोपमा लागेकाे पीडित पक्ष तथा स्थानीयकाे  आरोप छ । उनले यो घटनाबारे सञ्चारमाध्यमसँग केही बोल्न मानेका छैनन् । यसबारे जानकारी लिन पटक पटक फोन गर्दा पनि उनी व्यस्त रहेको बताइरहेका छन् ।

सोही स्कुलमा अध्ययनरत विद्यार्थीका अनुसार बलात्कृत छात्रालाई प्रहरीले हिजै जनकपुर लगेर स्वास्थ्य परीक्षण गराएकाे खुलेकाे छ ।

स्कुलका प्रिन्सिपल हरि श्रेष्ठलाई आज सबैला प्रहरीले सोधपुछका लागि बोलाएकाे थियाे । तर उनलाई पनि छाडिसकेको छ । इन्स्पेक्टर देवकोटाले प्रिन्सिपल श्रेष्ठसँग मिलेर घटना ढाकछोप गरिरहेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *