मुस्लिम समुदायको महान् पर्व रमजान सुरु (तस्बिरहरू)

काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजबाट सुरु भएको छ। यो पर्वमा इस्लाम धर्मावलम्बीहरू एक महिनासम्म दिनभर निराहार व्रत (रोजा) बसी नमाज पढ्ने गर्छन् ।

बिहान सूर्योदय हुनुअघिदेखि साँझ सूर्यास्त नहुन्जेल निराहार बस्नुलाई रोजा भनिन्छ । यो अवधिभर इस्लाम धर्मावलम्बीहरूले कुरान पाठ गर्ने र अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने प्रचलन मुस्लिम समुदायमा छ। यो महिनामा विधिपूर्वक रोजा बस्नाले अल्लाहको कृतज्ञता प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

उर्दू क्यालेन्डरअनुसार हिजरी संवतको नवौँ महिनामा रमजान पर्दछ । रमजान महिनामा मुसलमानको पवित्र धार्मिक ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ । आज रमजानको अवसरमा राजधानीका विभिन्न मस्जिदहरूमा इस्लाम धर्मावलम्बीहरू आफ्नो पवित्र ग्रन्थ कुरान पढ्दै छन् ।

रमजानको पहिलो दिन काठमाडाैँकाे घण्टाघर छेउमा रहेकाे कश्मिरी जामा मस्जिदमा भेला भएर इस्लाम धर्मावलम्बीहरू नमाज पढिरहेका छन् ।

हेर्नुहाेस् तस्बिरहरू 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *