जनकपुरधामका वडाध्यक्ष चौधरी र सचिव राय घुससहित पक्राउ

२०७९ चैत ८ गते

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका ११ का वडाध्यक्ष र वडा सचिव घुस रकमसहित पक्राउ परेका छन्।
वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस रकमसहित पक्राउ परेका हुन्। जनकपुरधामको रोहन होटलमा सेवाग्राहीबाट घुस लिएलगत्तै उनी दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको टोलीले पक्राउ गरेको छ।
स्रोतका अनुसार ५० हजार घुस रकम बरामद भएको छ । तर अख्तियारको टोलीले मुचुल्का तयार पारिसकेपछि मात्र थप विवरण दिन सक्ने बताएको छ।

२०७९ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित