थ्री नेसन्स कप : लाओसलाई २–० गोलअन्तरले हराउँदै नेपाल विजयी

काठमाडौँ । काठमाडौँको दशरथ रंगशालामा बुधबार प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत भएको पहिलो खेलमा नेपाली विजयी सुरुवात गरेको छ । नेपालले बुधबारको खेलमा लाओसलाई २–० गोलअन्तरले हराउँदै जित दर्ता गरेको हो ।

खेलको पहिलो हाफमा अनन्त तामाङले २९ औँ मिनेटमा लाओसलाई १ गोल गरे । एरिक विष्टको कर्नरमा अनन्तले हेडरमार्फत गोल गरे गरेका थिए ।

त्यसपछि दोस्रो हाफमा अलि आक्रामक बनेको लाओसले कुनै गोल गर्न सकेन ।

दोस्रो हाफको ५६ औँ मिनेटमा नवयुग श्रेष्ठले नेपालका लागि अर्को गोल गर्दै दोब्बरको अग्रता दिलाए ।

नेपालले अब प्रतियोगिताको अन्तिम लिग खेलमा भुटानसँग खेल्ने छ । भुटानले शनिबार लाओससँग खेल्ने छ ।

खेलबाट शीर्ष स्थानमा पुग्ने दुई टोलीले अर्को साताको शुक्रबार फाइनल खेल खेल्नेछन् ।

प्रतियोगिताका विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । त्यस्तै, उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *