थ्री नेसन्स कप : उद्घाटन खेलमा नेपाल र लाओस भिड्दै (तस्बिरसहित)

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आज बुधवारबाट सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा चैत ८ (आज) देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् ।

आजको उद्घाटन खेलमा नेपालले लाओसको सामना गर्दैछ । नेपाल र लाओस सन् ७ वर्ष पछि आमुन्नेसामुन्ने हुँदैछन् । सन् ०१६ मा भएको एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २-२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३-० ले खेल जितेको थियो। सिङ्गल राउन्ड रोबिनका आधारमा हुने यस प्रतियोगिताका उत्कृष्ट दुई टोलीले यही चैत १७ गते फाइनल खेल्नेछन् ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर र दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

यसअघि नेपालले विसं २०७७ सालमा बंगालदेश र किर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो। उक्त प्रतियोगिताको फाइनल खेलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *