‘वन एक्स बेट’ मार्फत सट्टेबाजी गराउने ६ जना पक्राउ

काठमाडौँ । बेटिङ्ग एप्लिकेसन वन एक्स बेट मार्फत सट्टेबाजी राउने व्यक्तिहरू पक्राउ परेका छन् । सट्टेबाजी लगाउन रकम संकलन गर्ने, गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको सूचनाका आधारमा काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनिहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले रकम संकलन र भुक्तानी गरेको आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिहरूको नाममा डिजिटल वालेट (एकाउन्ट) खोली कारोबार गरेका थिए । सो क्रममा उनीहरूले ठूलो मात्रामा विभिन्न सेवा प्रदायकको सिम कार्डसमेत खरिद गर्ने गरेका थिए ।

अनुसन्धान टोलीले उपत्यकाको लोकन्थली, पेप्सीकोला, बानेश्वर लगायतका स्थानबाट वन एक्स बिटमा उल्लेखित सक्रिय ६ जना एजेन्टहरूलाई विभिन्न सेवा प्रदायक कम्पनीहरूको सिमकार्ड ३४६ थान, मोबाइल फोन १० थान, बैंकको चेकबुक ३ थान, एटिएम १४ थान र एसिइआर कम्पनिको १ थान ल्यापटप सहित पक्राउ गरेको छ ।

अनुसन्धान टोलीले थप मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवं कारबाहिको लागि जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी टेकु, काठमाडौँ पठाइएको छ ।

पक्राउ परेका व्यक्तिहरूमध्ये दिलिप सिंह, भुपाल राज न्यौपाने, नयनराज भण्डारी, बरुण कुमार सिंह, शिवानी तामाङ, रोसन गुरुङ रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =