किसानका समस्या समाधान गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौँ । रासायनिक मलकाे अभाव हटाउनु पर्नेलगायत माग गर्दै किसानहरू आन्दोलित भएका छन् । बाली लगाउने सिजन निजकिँदै मलकाे अभाव हटाउनु पर्ने र किसानका अन्य समस्या समाधान गर्न माग गर्दै विभिन्न कम्युनिस्ट दलमा आबद्ध किसान संघ, संगठनहरुले आज माइतीघरमा प्रदर्शन गरेका हुन् ।

६ वटा किसान संघ, संगठनहरु मिलेर संयुक्त किसान सङ्घर्ष समितिको नाममा आज माइतीघरमा  संयुक्त प्रदर्शन गरेको बताइएको छ ।

प्रदर्शनकारीले ‘किसान एकता जिन्दावाद’, ‘किसानहरू गर्जन्छ, किसान मार थर्कन्छ’, ‘किसानमाथि वित्तीय शोषण अन्त्य गर’, ‘बढ्दो महँगी नियन्त्रण गर’, ‘विषादीयुक्त खाद्यान्न आयात बन्द गर’ जस्ता नारा लगाएका थिए ।

 तस्बिरहरू 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *