ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
२०७९ चैत ८ गते

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचााद्यी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँले घटेको हो ।
मंगलबार तोलामा १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदी तोलामा १३३५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा १३४० रुपैयाँमा कारोबार भएको थियो ।
२०७९ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित








