इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट सकियो, अन्तिम खेलमा पनि विसिसिए नेपाल विजयी 

विराटनगर । विराटनगरमा जारी प्रथम रेडमण्ड इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताको अन्तिम सीमित ओभरको खेलमा घरेलु टोली विराटनगर क्रिकेट क्लब एण्ड एकाडेमी(विसिसिए) ले जितेको छ ।

४ खेलको क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि-२० क्रिकेट एसोसिएनलाई नेपालले लगातार जितेको हो ।  मंगलबार  सम्पन्न भएको सिरिजको अन्तिम सीमित ओभरको खेलमा पिसिसिएले भारतको महिला टोलीलाई ४९ रनले पराजित गरेको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनगर क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको विसिसिएले निर्धारित ३० ओभरमा ४ विकेट गुमाई १ सय ४४ रनको स्कोर बनाएको थियो । घरेलु टोलीका लागि कप्तान रुविना क्षेत्रीले ५९ रन बनाउँदा सम्झना खडकाले नटआउट २४ रन बनाइन् ।  भारतकी कप्तान रितु भोस्लेले सर्वाधिक २ विकेट लिए ।

जवाफमा १ सय ४५ रनकोे लक्ष्य पछ्याएको पाउना टोली भारतिय महिला टोलीले २६ दशमलव १ बलमा ९५ रनमा सीमित भयो ।  भारतकी रितु भोस्लेले १८ रन बनाउँदा दीक्षा सिंहले १३ रन बनाइन्  । विसिसिएकी अस्मीता कर्मचार्र्यले ३ विकेट लिँदा कविता जोशी २ विकेट लिइन् ।

खेलको वुमन अफ म्याच विसिसिएको कप्तान रुविना क्षेत्री घोषित भइन भने वुमन अफ द सिरिज पनि क्षेत्री नै भइन् । त्यस्तै उत्कृष्ट ब्याटर विसिसिएकी सम्झना खडका र उत्कृष्ट बलर पनि विसिसिएकी  अस्मीता कर्माचार्य घोषित भइन ।

विजयी खेलाडीलाई प्रमुख अतिथि विराटनगर महानगर पालिकाका उपमेयर शिल्पा निराला कार्की, क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह, आयोजकका अविशेक श्रेष्ठ र र रेडमण्डक्याफेका प्रमेश हुमागाईँले वितरण गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *