राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले राष्ट्रपति पदमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा केन्द्रका अध्यक्ष मधु आचार्य र महासचिव डा परमेश्वर पोखरेलद्वारा हस्ताक्षरित सम्मानपत्र अध्यक्ष आचार्यले राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेकाले अबका हाम्रा काम र कार्यक्रम त्यसतर्फ लक्षित हुनुपर्ने धारणा व्यक्त गरे । विशेषत पिछडिएका ग्रामीण क्षेत्रका गरीब र निमुखा जनताको लाभ र हित हुने गरी काम गर्नुपर्ने उनले आवश्यकता औँल्याएका छन् ।
मुलुकमा आएको राजनीतिक परिवर्तनसँगै सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले नेपाली समाज, संस्था र राजनीतिक दलको लोकतान्त्रिकरणमा निभाएको प्रवाभकारी भूमिकाको राष्ट्रपति पौडेलले प्रशंसा गर्दै आगामी दिनमा यस क्षेत्रमा अझै सशक्त ढङ्गले काम गर्नुपर्ने बताए ।
सो अवसरमा अध्यक्ष आचार्य, उपाध्यक्ष प्राध्यापक डा विष्णुशङ्कर पौडेल, वरिष्ठ अधिवक्ता सीताराम केसी, महासचिव डा पोखरेल, सचिव खगेन्द्र आचार्य, कोषाध्यक्ष डा राजकुमार राई, सल्लाहकार बाबुराम कुँवर, गणेशचन्द्र अधिकारी, भोजराज रेग्मी, वसन्त गौतम, डा मुक्ति श्रेष्ठ, सदस्य कल्याणी रिजाल, बिमला नेपाली, डा मुन्नि शर्मा, राजेन्द्रराज पौडेल, मुन्निलाल यादव, इन्द्रनारायण भैल, प्रभात आले, डिपी अधिकारी, कृष्णव्रत सिंह, डीना श्रेष्ठ लगायतको उपस्थिति थियो ।








