देशको आर्थिक संकटबारे रास्वपाको चासो, उद्योग वाणिज्य महासंघसँग प्रशिक्षण लिँदै

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई देशको पछिल्लो आर्थिक अवस्था र आर्थिक क्षेत्र सुधारका लागि आगामी दिनमा चाल्नुपर्ने कदम लगायतका बारेमा प्रशिक्षण तथा जानकारी दिने भएको छ ।

उनीहरूलाई शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालय टेकुमा प्रशिक्षण दिनेछन् । प्रशिक्षण कार्यक्रम रास्वपाका सांसद तथा केही केन्द्रीय कमिटीका पदाधिकारीको सहभागिता रहने पार्टीका उपसभापति डोलप्रसाद अर्यालले बताए ।

उनले भने, ‘देशको आर्थिक अवस्थाको बारेमा जानकारी लिएर समस्याको बारेमा जानकारी लिन लागिएको हो । किन देशमा आर्थिक संकट पर्छ र यसको समाधानको उपायको बारेमा कुराकानी हुने छ । हामी आफै कुरा बुझ्न आएका छौँ ।’

रास्वपाका संसद् मनिस झाले पनि आफ्नो पाटीले देशको आर्थिक अवस्थाका बारेमा गम्भीर रूपमा दिएको कारण उद्योग वाणिज्य महासंघका कुराहरू आफूहरूले सुनेर आर्थिक क्षेत्रको कठिनाइका बारेका जानकारी दिन यो कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले भने, ‘हाल सम्मको नेपालको राजनीतिक अभ्यासमा आर्थिक अवस्थाको बारेमा कम मात्र कुरा हुने गरेको छ । धेरैको ध्यान यतातिर तानिएको छैन । आर्थिक संकट निराकरण गर्ने आगामी दिनमा के गर्नुपर्छ लगायतको बारेमा कुराकानी गर्ने छौँ । आगामी दिनमा संकट निराकरण गर्न राजनीतिक दल र संसद्को भूमिका के हुन्छ भनेर बुझ्नको लागि अभ्यास सुरु गर्दै छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *