जनता क्याम्पस इटहरीको सभापतिमा नेविसंघका काफ्ले विजयी

काठमाडौँ । सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघका सहदेव काफ्ले सभापतिमा विजयी भएका छन् । उनी १२९८ मत ल्याएर विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी  एमाले निकट अनेरास्ववियुका उज्ज्वल सिग्देलले ६८२ मत पाए । स्वतन्त्र उम्मेदवार दानवीर थापाले २८५ मत पाएका थिए । सचिवमा जनता समाजवादी निकट विद्यार्थी सङठनका अर्जुन राई विजयी भए । उनले ९७५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका अर्जुन पौडेलले ८७१ मत पाएका छन् ।

कोषाध्यक्षमा भने अनेरास्ववियु का आदित्य खड्का विजयी भए । उनले ११२० मत पाउँदा विपिन भट्टराईले ९८१ मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *