प्रदेश सरकारले दुई क्रिकेट खेलाडीलाई जनही एक लाख दिने

विराटनगर । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले नेपाली क्रिकेट टिमका ललित राजवंशी र दिपेश कँडेललाई सम्मान गर्ने भएको छ।

कोशी प्रदेश खेलकुद विकास वोर्डको सोमबार बसेको बैठकले नेपाली क्रिकेट ईतिहासमा अविष्मरणीय प्रतियोगितामा नेपालको नाम उच्च स्थानमा राख्न सफल भएका सफल टोलिका तर्फबाट कोशी प्रदेशलाई प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको हो ।

कोशीप्रदेशका सामाजिकविकास मन्त्री बुद्धिकुमार राजभण्डारीको अध्यक्षतामा बसेको बैठकले नेपाली क्रिकेटको यु १९ का उपकप्तान दिपेश कँडेल तथा नेपाली क्रिकेटमा विश्वकप छनौट खेलसम्म पुर्याउन सफल ललित राजवंशीलाई प्रोत्साहन स्वरुप प्रदेश सरकारका तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैंया प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश अन्र्तगत रहेका अन्य खेलकुदका कार्यक्रम तत्काल संचालनकालागि निर्देशन समेत दिएको छ । त्यस्तै बैठकले खोटाङ्गका अल्ट्रा धाविका प्रिया राईलाई समेत सम्मान गर्ने निर्णय गरेको छ ।

मन्त्रालयमा बसेको बैठकले प्रदेश अन्र्तगतहुने बिभिन्न खेलकुदका गतिबिधिलाई चुस्त र दुरुस्त बनाई खेलाडीहरुलाई खेल प्रतिको विश्वास दिलाउनआवश्यक योजनाबनाई कार्य अगाडी बढाउन मन्त्री राजभण्डारीले निर्देशन दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *