प्रधानमन्त्रीलाई विश्वास मतबारे एमाले संसदीय दलमा छलफल (तस्बिरहरु)

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल गरेको छ । संसद भवनको ल्होत्सेहलमा एमाले संसदीय दलको बैठक केहीबेरअघि बसेको हो ।

बैठकमा संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत सांसदहरुको उपस्थिति थियो ।

प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।

१० पुसमा एमाले आफैँले समर्थन गरेर प्रधानमन्त्री बनाएको प्रचण्डले १२ फागुनमा गठबन्धन तोडेपछि एमाले अहिले प्रतिपक्षीमा पुगेको छ । अहिले एमालेले प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *