रेन्नेजसँग पिएसजी २-० ले स्तब्ध

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत रेन्नेजले पिएसजीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रेन्नेजले पिएसजीमाथि उसकै घरेलु मैदानमा २-० को जित निकालेको हो ।

रेन्नेजको जितमा कार्ल टोको र अमाउद कालीमुएनडोले एक/एक गोल गरेका थिए । रेन्नेजको यो जितपछि २८ खेलमा ५० अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ ।

पिएसजीको भने २८ खेलमा ६६ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायमै रहेको छ । अहिले दोस्रो स्थानमा रहेको मार्सेली भन्दा पिएसजी ७ अंकले अगाडी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *