आयुर्वेद केन्द्रीय विद्यापीठमा अनेरास्ववियुका बञ्जाडे विजयी 

दाङ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको आयुर्वेद केन्द्रीय विद्यापीठको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका हेमन्त बञ्जाडेले विजयी भएका छन् । उनी ८३ मत प्राप्त विजयी भएका हुन् ।

उनका  निकटतम प्रतिस्पर्धी स्वतन्त्रबाट अजयप्रताप चोबेले ६१ मत ल्याउँदा नेवि संघका वसन्त अधिकारीले ४५ मत प्राप्त गरे । आयुर्वेद केन्द्रीय विद्यापीठमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको हो ।  यस विद्यापीठमा नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच चुनावी मोर्चा भएको  थियो ।

प्रत्यक्षतर्फको निर्वाचनमा सचिवमा अखिल क्रान्तिकारीका गणेश पौडेल विजयी भएका छन्  । कोषाध्यक्षमा अनेरास्ववियुका कुन्दनकुमार जैसवाल,  सदस्यहरूमा अनेरास्ववियुबाट अपेक्षा पोख्रेल, अनेरास्ववियु क्रान्तिकारीबाट रोशन चौधरी र मंगल थारु विजयी भएका हुन । कूल एक सय ९७ मत रहेको क्याम्पसमा एक सय ८९ मत खसेको थियो ।

संस्कृत विश्वविद्यालयअन्तर्गत जिल्लामा रहेका तीन वटा क्याम्पसमध्ये आयुर्वेद केन्द्रीय विद्यापीठमा मात्रै निर्वाचन भएको हो । विश्वविद्यालय विद्यापीठ बेलझुण्डी र जनता विद्यापीठ बिजौरीमा नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै तालाबन्दी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *