म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा, प्रतिद्वन्दी ब्राइटन

काठमाडौँ । एफए कपको सेमिफाइनलको समिकरण पूरा भएको छ । गएराती सम्पन्न क्वाटरफाइनलका खेलबाट म्यानचेस्टर युनाइटेड शेफिल्ड युनाइटेड र ब्राइटन एफए कपको सेमिफाइनलमा पुगेका छन् । म्यानचेस्टर सिटी यस अघि नै सेमिफाइनलमा पुगेको थियो ।

म्यानचेस्टर सिटीले बर्नलीलाई ६-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा सुनिस्चित गरेको थियो । म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो भने ब्राइटनले ग्रिम्सबी टाउनलाई ५-० ले पराजित गरेको थियो । त्यस्तै शेफिल्ड युनाइटेडले ब्लाकबर्न रोभर्सलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

अब सेमिफाइनलमा म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडको सामना अप्रिल २२ मा गर्नेछ । म्यानचेस्टर युनाइटेडले ब्राइटनसँग अप्रिल २३ मा खेल्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *