प्रिमियर लिगमा आर्सनल ८ अंकले अगाडि 

काठमाडौँ ।  ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । आइतबार राती सम्पन्न खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा बुकायो साकाले दुई गोल गरेका छन् भने गाब्रियल मार्टिनेली र ग्रान्ट झाकाले एक एक गोल गरेका थिए ।त्यसैगरी  क्रिस्टल प्यालेसका लागि जेफ्री स्कलुपले एक गोल फर्काएका थिए ।

यो जितपछि आर्सनलको २८ खेलमा ६९ अंक भएको छ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा आठ अंकले अगाडी भएको छ । यद्यपी सिटी एक खेल कम खेलेको छ । क्रिस्टल प्यालेसको २८ खेलमा २७ अंक रहेको छ र लिगमा १२औ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *