रियल म्याड्रिडमाथि बार्सिलोनाको जित, बनायो १२ अंकको स्पष्ट अग्रता

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको बार्सिलोनाले जितेको छ । गएराती क्याम्प नेउमा सम्पन्न खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

यस खेलमा तिनै गोल बार्सिलोनाका खेलाडीले गरेका थिए । यस खेलमा रोनाल्डो अराउजोको आत्मघाती गोलबाट खेलको नवौं मिनेटमा रियल म्याड्रिडले शुरुवाति अग्रता लिएको थियो ।

त्यसपछि खेलको ४५औं मिनेटमा सेर्गी रोबेर्टोको गोलमा बार्सिलोनाले बराबरी गोल गरेको थियो । बार्सिलोनाका लागि निर्णायक गोल खेलको ९२औं मिनेटमा फ्रेंयाक केस्सेले गरेका थिए ।

रियल म्याड्रिडलाई यो हारले ला लिगा उपाधिको दौडमा ठुलो धक्का लागेको छ । यो जितपछि शीर्ष स्थानमा रहेको बार्सिलोना स्पष्ट १२ अंकले अगाडी भएको छ । बार्सिलोनाको २६ खेलमा ६८ अंक भएको छ भने रियल म्याड्रिडको २६ खेलमा ५६ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *