लेटाङ, डिग्री, रमाइलो र नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी

मोरङका ४ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतगणना सम्पन्न भएको छ । हालसम्म गणना सकिएका क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले सभापति जितेको छ । अनेरास्ववियुले लेटाङ र रमाइलो क्याम्पसमा प्यानल नै जितेको छ।

नर्सिङमा सचिवबाहेक प्यानल जितेको छ । यस्तै डिग्री क्याम्पसमा अनेरास्ववियुका निर्मल गजुरेल सभापतिमा विजयी भएका छन् । उनी १२३ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी संयुक्त बाम लोकतान्त्रिक गठबन्धनका शशी यादवले ११८ मत ल्याए ।

सचिवमा गठबन्धनका विराज बराल विजयी भएका छन् । लेटाङमा छवि श्रेष्ठको नेतृत्वमा र रमाइलोमा मालती रेग्मीको नेतृत्वमा प्यानल नै विजयी भएको छ । नर्सिङ क्याम्पसमा अनेरास्ववियुकि प्रशंसा पौडेल विजयी भएकि छिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *