आजको मौसम : पहाडी तथा तराई क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालका पहाडी तथा तराई क्षेत्रमा चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभावले देशभर मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले पनि पहाडी क्षेत्रका केही भागमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । आजको दिउँसो देशका पहाडी भू–भागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

स्थानीय तथा पश्चिमी वायु सक्रिय भएका कारण केही दिनसम्म मेघगर्जनसहित वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *