१० दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरू

२०७९ चैत ४ गते

फाइल फोटो
काठमाडौ । सत्ता साझेदार १० दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरू भएको छ ।
बैठकमा १० दलका शीर्ष नेताहरु सहभागी भएको बालुवाटार स्रोतले बताएको छ ।
बैठकमा चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले लिन लागेको विश्वासको मत, मन्त्रिपरिषद विस्तार लगायतका बारेमा छलफल हुने बताइएको छ ।
यस्तै पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

२०७९ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित