शीतल निवासमा राष्ट्रपतिको चियापान, संघीय र प्रदेश सांसदलाई निम्तो
२०७९ चैत ४ गते

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरूबीच शीतल निवासमा भेटघाट हुने भएको छ । उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् ।
उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौँमा आएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न खोजेका हुन् ।
२०७९ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








