७ दिनपछि नेपाल प्रहरीको आईजीपी को बन्ला ?

नेपाल प्रहरीले ७ दिनपछि नयाँ नेतृत्व पाउने भएको छ। हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ३० वर्षे सेवाअवधिका कारण आईजीपी भएको एक वर्ष नपुग्दै अवकास हुने भएपछि नेपाल प्रहरीले नयाँ नेतृत्व पाउने भएको हो।

यद्यपी सिंहले ३० वर्षे हटाउन प्रयास भने गरिरहेका छन्। उनको यो प्रयास असफल हुने सम्भावना बढी देखिएकाले उनी चैत ११ गतेदेखि अवकास हुनेछन्।

३० वर्षेकै कारण हालका तीनै एआईजी सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनी पनि अवकासमा जानेछन्।

त्यसपछिको आईजीपीका लागि ५ एआईजी मात्रै प्रतिस्पर्धामा हुनेछन्। हाल एआईजी बढुवाका लागि सिफारिस भएका वशन्त कुंवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्रचार्य मध्येबाट सरकारले ७ दिनपछि आईजीपी बनाउने छ।

पहिलो नम्बरमा डीआईजी भएका कुंवर एआईजी बढुवामा पनि पहिलो नम्बरमै छन्। एआईजी भएको एक सातामै नयाँ आईजीपी नियुक्त गर्ने भएकाले सरकारले उनलाई नै आईजीपी बनाउने सम्भावना बढी छ। हाल कुंवर मधेश प्रदेश प्रहरी प्रमुख छन्।
दोस्रो नम्बरमा छन् टेकप्रसाद राई। उनी लुम्बिनी प्रदेश प्रहरी प्रमुख छन्। उनी पनि आईजीपीका प्रतिस्पर्धी हुन्। सरकारले पहिलो नम्बरका कुंवरलाई आईजीपी नबनाएर राईलाई आईजीपी बनाउने सम्भावना पनि रहन्छ।

तेस्रो नम्भरमा छन् दीपक थापा। अरुभन्दा पछि प्रहरी निरीक्षकमा भर्ना भएपनि अहिले उनी अगाडी आएका छन्। प्रचण्ड निकट भनेर चिनिएका थापा हाल बागमती प्रदेश प्रहरी प्रमुख छन्। थापा एआईजी बढुवामा पनि तेस्रो नम्भरमै सिफारिस भएका छन्।
थापा भन्दा पछाडी छन् श्यामलाल ज्ञवाली। पूर्व आईजीपी ठाकुर ज्ञवालीका भाइ श्याम पनि आईजीपी बन्न कसरत गरिरहेका छन्। केही दिन अघि मात्रै बिदा लिएर काठमाडौं आएका उनले पनि शक्तिकेन्द्रसँग लविइङ गरेर फर्किएका छन्। तर उनलाई रोक्न भने उनकै ब्याचका लागि रहेका छन्। ज्ञवाली कोसी प्रदेश प्रहरी प्रमुख छन्।

अबको लटमा एआईजी बन्ने एक मात्रै महिला हुन् किरण बज्रचार्य। प्रहरी प्रधान कार्यालयमा कार्यरत बज्रचार्य पनि पहिलो महिला आईजीपी बन्ने प्रयासमा छन्। सम्भावना कम भएपनि उनले पनि लविइङ गर्न छाडेकी छैनन्।

सरकारले चैत ११ गतेदेखि सिंगो प्रहरीको नेतृत्व यीनै ५ मध्येबाट बनाउने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *