उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार झालाई मत दिने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी सांसद तथा उपराष्ट्रपति पदाकी उम्मेदवार ममता झालाई मत दिने भएको छ ।

उपराष्ट्रपति चयनका लागि संसद् भवन, नयाँ बानेश्वोरमा मतदान भइरहेको छ ।

रास्वपाका एक सांसदका अनुसार छलफलमा झालाई मत दिने समझदारी भएको छ । उनले भने, सत्ता गठबन्धनको एउटा पक्ष र एमालेले उठाएको उम्मेदवारमा स्वार्थ रहेको हाम्रो निष्कर्ष छ । हामी र जनमत पार्टी नयाँ दल भएको र महिला उम्मेदवार पनि भएकाले झालाई मत दिने निर्णयमा पुगेका छौँ ।

उपराष्ट्रपति जस्तो गरिमामय पदको लागी कानुनको रक्षक र निर्भीक उम्मेदवार छनोट गर्न पर्ने भएकाले समेत हामीले ममता झालाई नै मतदान दिने निष्कर्षमा पुगेका हौँ, उनले भने ।

उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी ९जसपा०का रामसहाय यादवको उम्मेदवारी रहेको छ भने नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । हाल मतदान जारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twenty =