विजेता राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई बागमती सरकारले पनि जनही १/१ लाख दिने

काठमाडौँ । विश्वकप छनोट चरणको खेलमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका विजेता खेलाडीलाई बागमती प्रदेश सरकारले पनि जनही १/१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

यसअघि संघीय सरकारका प्रधानमन्त्री पुष्पपकमल दाहाल प्रचण्डले पनि राष्ट्रिय क्रिकेट टोलीका विजेता खेलाडीलाई जनही ३/३ लाख रुपैयाँ दिने घोषणा शुक्रबार नै गरिसकेका छन् ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजका १२ खेल मध्ये नेपाली टोलीले ११ खेलमा जित हात परेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम खेलमा नेपालले युएईलाई ९ रनले हराउँदै विश्वकप छनोटको यात्रा सुनिश्चित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *