प्रिमियर लिगको शीर्ष टोली आर्सनल युरोपा लिगबाट बाहिरियो

काठमाडाैँ । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल युरोपा लिगको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग टाइब्रेकरमा ५-३ ले पराजित हुँदै आर्सनल अन्तिम १६ बाटै बाहिरिएको हो ।

इमिरेट्स स्टेडियम लन्डनमा बिहीबार राति भएको दोस्रो लेगमा १-१ गोलको बराबरी तथा समग्रमा ३-३ गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा स्पोर्टिङले बाजी मारेको हो । पहिलो लेग २-२ गोलको बराबरीमा सकिएको थियो ।

लिगका राउण्ड १६ का दोस्रो लिगका खेल सम्पन्न भएसँगै क्वाटरफाइनलमा पुग्ने ८ टिमको टुंगो लागेको हो । युरोपा लिगको क्वाटरफाइनलमा प्रिमियर लिगबाट म्यानचेस्टर युनाइटेड पुगेको छ भने इटालियन सिरी ए बाट युभेन्टस, एस रोमा पुगेका छन् ।

जर्मनीको बुण्डेसलिगाबाट युनियन सेन्ट गिल्लोइस र बायर लिभरकुसेन पुगेको छ । स्त्य्तई स्पेनिस ला लिगाबाट सेभिया, पिर्चुगल लिगको स्पोर्टिंग सिपी र डच लिगबाट फेयनोर्ड क्वाटरफाइनलमा पुगेका छन् ।

अब क्वाटरफाइनलको ड्र आजै साँझ हुने हुनेछ भने क्वाटरफाइनलका खेलहरु अप्रिल १३ मा पहिलो लिग र अप्रिल २० मा दोस्रो लिग हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *