यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा
२०७९ चैत २ गते

काठमाडाैँ । यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकाे छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार भएकाे अन्तिम खेलमा युएईलाई ‘डिएल मेथड’मा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरको समाप्तिमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।
जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउएपछि माैसमका कारण अँध्याराे भएपछि खेल रोकिएकाे थियाे । डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भएकाे छ ।


२०७९ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








