मकवानपुरमा बस दुर्घटना १५ जना घाइते, ३ जनाको अवस्था गम्भीर
२०७९ चैत २ गते

काठमाडौँ । मकवानपुरमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ डिपार्टमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक प्रमुख मुरेन्द्र थापाका अनुसार ३ जनाको अवस्था गम्भीर छ ।
आज दिउँसो ३ : ४५ बजे काठमाडौँबाट हेटौँडा जाँदै गरेको बा ७ ख १३२६ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
१५ जना जना घाइतेहरूलाई उपचारको लागि चितवनको भरतपुर अस्पताल लगिएको थापाको भनाइ छ ।
२०७९ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








