नेपाल र युएईबीचको खेलका सबै टिकट बिक्री, क्यानले गर्‍यो समर्थकलाई यस्तो अपिल

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज हुने नेपाल र युएईबीचको खेलको सबै टिकट बिक्री भइसकेको जानकारी दिएको छ ।

आजको खेल बारे जानकारी दिँदै क्यानले सबै टिकट बिक्री भइसकेको भन्दै यस खेलमा धेरै दर्शक आउने भएकाले सबैलाई सुरक्षाका मापदण्ड अनुसार मैदानमा उपस्थित हुन अपिल गरेको छ । क्यानले आजको खेलमा बालबालिका र बृद्धवृद्धालाई घरबाटै नेपाली क्रिकेटलाई समर्थन गर्न सल्लाह दिएको छ ।

यो पनि : युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्ने लक्ष्यमा नेपाल

आजको खेल नेपालका लागि जित्नै पर्ने भएकाले नेपाली क्रिकेट समर्थकहरूमा व्यापक उत्साह रहेको छ । काठमाडौँ बाहिरबाट आजको खेल हेर्नका लागि बुधबार नै कैयौँ समर्थक आइसकेका छन् भने कैयौँ क्रिकेट समर्थक सामूहिक रूपमा आइरहेका छन् ।

आजको खेलमा टियु क्रिकेट मैदानमा अहिलेसम्मकै धेरै दर्शक उपस्थित हुने संकेत देखिएको छ । यसअघि नेपालले पछिल्ला दुई खेलमा युएईलाई पराजित गरिसकेको छ । आजको खेल जितेर विश्वकप क्वालिफायरमा सिधै छनौट हुने नेपालको लक्ष्य  रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *