म्यानचेस्टर सिटी क्वाटरफाइनलमा, हालाण्डले गरे पाँच गोल

काठमाडौँ । म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा जर्मनी क्लब आरबी लेइपजिंगलाई ७-० गोल अन्तरले पराजित गर्दै समग्रमा ८-१ को नतिजासहित म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले पाँच गोल गरेका थिए । हालाण्डको च्याम्पियन्स लिगमा यस खेलमा पाँच गोल गरेसँगै कैयौं किर्तिमान समेत बनाएका छन् । उनी च्याम्पियन्स लिगको एक खेलमा पाँच गोल गर्ने तेस्रो खेलाडी बनेका छन् ।

यस अघि शख्तर डोनेटस्कका लुइज एड्रीयानोले २०१४ मा लियोनेल मेसीले २०१२ मा पाँच गोल गरेका थिए । हालाण्ड सबैभन्दा कम उमेरमै च्याम्पियन्स लिगमा ३० गोल गर्ने खेलाडी समेत बनेका छन् । योसँगै यस सिजनमा हालाण्डले सबैभन्दा बढी १० गोल गरेका छन् ।

यस खेलमा इके गुनडोगण र केभिन डी ब्रुनेले एक एक गोल गरेका थिए । योसँगै अहिलेसम्म चेल्सी, बायर्न म्युनिख, इन्टर मिलान, एसी मिलान र बेनिफिका च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *