क्यासेमिरोलाई रातो कार्ड, रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड साउथहम्पटनसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समिति भएको म्यानचेस्टर युनाइटेड साउथहम्पटनसँग गोलरहित बराबरीमा रोकिएको हो ।

खेलको ३४औं मिनेटमा क्यासेमिरोले रातो कार्ड पाएर मैदान छोडेपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सिमित भएको थियो । क्यासेमिरोको रातो कार्ड म्यानचेस्टर युनाइटेडलाई महँगो पर्ने देखिएको छ । उनलाई चार खेलको प्रतिबन्ध लागेको छ ।

उच्च फर्ममा रहेका क्यासेमिरोको युनाइटेडमा यो दोस्रो रातो कार्ड हो । यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको२६ खेलमा ५० अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । साउथहम्पटनको २६ खेलमा २२ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *