बन्दीपुरमा गाडी दुर्घटना, १२ जना घाइते

पोखरा । तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०६–००१ ज ००१७ नम्बरको फोर्स गाडी दिउँसो बन्दीपुर १ नाहालामा दुर्घटना भएको हो ।

गुडिरहेको उक्त गाडी एक्कासि अनियन्त्रित भएर भित्तामा ठोकिएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेमध्ये ४ जनाको पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बाँकी ७ जनालाई काठमाडौँको ट्रमा अस्पताल पठाइएको तनहुँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *