नवनिर्वाचित राष्ट्रपति पौडेलको तालिका : पुष्पलाल पार्कपछि भट्टराई आश्रम पुग्ने
२०७९ फागुन २७ गते

काठमाडौँ । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । गत बिहीबार मात्र राष्ट्रपतिमा चयन पौडेल शुक्रबारदेखि विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।
हिजो राष्ट्रपति पौडेलले गुहेश्वरी र पशुपतिनाथ मन्दिरको दर्शन गर्नाका साथै सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेका थिए । आज पनि उनी दिउँसो साढे १ बजे पुष्पलाल पार्क (चम्पादेवी) र त्यसपछि दिउँसो साढे २ बजे भट्टराई आश्रम बाडेगाउँ पुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
चौथो कार्यकालका लागि मुलुकको तेस्रो राष्ट्रपति बनेका पौडेलले सोमबार शपथ खाने र पद सम्हाल्ने तयारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने भोलि सकिँद छ ।
२०७९ फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








