जातीय छुवाछुत गर्ने गाउँपालिका अध्यक्ष यादवलाई कारबाही गर्न माग

जनकपुरधाम । संयुक्त दलित मोर्चा सिरहाले दलित समुदायलाई अपमानित हुने व्यवहार गरेका भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेको छ । मोर्चाले आज सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई ज्ञापन–पत्र बुझाउँदै जातीय छुवाछुत गरेका गाउँपालिका अध्यक्ष यादवलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको हो ।

‘जमा प्लेकार्ड नै टाँसेर गैरदलित, मुस्लिम र दलित निम्तालुलाई अलग अलग खाने ठाउँ छुट्याएर जातीय भेदभाव तथा छुवाछुत पराकाष्टा नाघेको छु, मोर्चाका सचिव रविन कुमार महराद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यसरी दलित समुदायलाई अपमानित हुने व्यवहार गर्ने गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई कानुन बमोजिम हदैसम्मको कारबाहीको माग गर्दछौँ ।’

भोजमा पूर्व मन्त्री, वाहालवाला प्रदेश मन्त्री, संघीय तथा प्रदेश सांसद, जिल्लाका प्रमुख प्रशासकहरु जस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सहभागीताले झन् जातीय विभेदलाई संस्थागत गरेको मोर्चाको ठहर छ । दलितहरूमाथि भएको जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही नगरे दलित समुदाय सशक्त आन्दालेनमा उत्रिने पनि मोर्चाले ज्ञानपनपत्र मार्फत चेतावनी दिएको छ ।

नेकपा एमालेका जिल्ला सचिव समेत रहेका गाउँपालिका अध्यक्ष यादवले आफ्नी आमाको १३ औँ पुण्य तिथिको दिन आयोजना गरेको भोजमा दलित, मुस्लिम र गैरदलित समुदायलाई प्लेकार्ड र फ्लेक्स बोर्ड नै टाँसेर अलग–अलग ठाउँमा भोज खुवाएका थिए । उनको यो कदमको व्यापक विरोध भइरहेको छ ।

यस्ताे छ ज्ञापन पत्र 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *