डा चन्द्र भण्डारीसँग भेटघाट निषेध, कस्तो छ पछिल्लो स्वास्थ्य ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार जारी छ ।

सांसद भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको दाजु मीनप्रसाद भण्डारीले बताए । उनकाअनुसार बिहीबार पनि सांसद भण्डारीको फिजियोथेरापी गरिएको थियो । ‘कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको डाक्टरहरूले जानकारी गराउनुभएको छ’, उनले भने ।

अस्पताल प्रशासन र डाक्टरहरूले भेटघाटमा प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 16 =