आर्सनल रोकियो, युभेन्ट्स विजयी

काठमाडौँ । युइएफए युरोपा लिग अन्तर्गत युभेन्टसले एससी फ्रेइबर्गलाई पराजति गरेको छ । राउण्ड १६ को पहिलो लिगमा युभेन्टसले फ्रेइबर्गलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा खेलको ५३औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । युभेन्टसले यस खेलमा लामो समयदेखि इन्जुरिका कारण टिममा नरहेका पाउल पोग्वालाई अनुशासन उलंघन गरेको भन्दै टिममा समावेश गरेको थिएन । पहिलो लिगमा १-० को अग्रता हासिल गरेपछि अब युभेन्टसले दोस्रो लिग मार्च १६ मा खेल्नेछ ।

अर्काे खेलमा इंग्लिस क्लब आर्सनल पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग २-२ गोलको बराबरीमा रोकिएको छ । आर्सनलका विलियम सालिवाले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोली स्पोर्टिङका गोन्कालो इनासियो र पौलिन्होले गोल गरे ।

यस बराबरीले दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ । अब दोस्रो लेगमा जित हात पार्ने टोली अन्तिम आठमा पुग्नेछ । दोस्रो लेग १६ मार्चको राति आर्सनलको मैदानमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *