प्रचण्ड, देउवा र नेपालले हाले भोट (तस्बिरहरू)

काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि मतदान जारी छ । बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा जारी मतदानमा शीर्ष नेताहरुले भोट हालेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि मतदान गरेका हुन् । कांग्रेस उम्मेदवारलाई सघाउने सहमति गरेका तीनै शीर्ष नेताहरुले केहीबेरअघि मतदान गरेका हुन् ।

यसअघि राष्ट्रपतिको दुवै रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले मतदान गरिसकेका छन् । मतदान दिउँसो ३ बजेसम्म चल्ने छ भने मतदान सकिएको ४ घण्टामै नतिजा घोषणा गर्ने तयारी छ ।

कांग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाईआफ्नो पार्टीको मात्रै भर छ । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आइतबार सकिँदै छ । निर्वाचन आयोगले उनको कार्यकाल सकिनुअघि नै नयाँ राष्ट्रपति चुन्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =