श्रमिक महिला दिवसमा महिलाले बनाएका हस्तकलाको प्रदर्शनी

पोखरा । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलाले नै बनाएका हस्तकला सामग्रीको प्रदर्शनी गरिएको छ । महिला सीप विकास संस्थाले पोखरामा महिलाहरूले तयार गरेका सामग्री प्रदर्शनमा राखेको हो । स्थानीय कच्चापदार्थ अल्लो, हेम, ऊन, मकैको खोस्टा लगायतबाट निर्माण गरिएका फूल, गुडिया, कार्पेट, टोपी, झोला लगायत सामग्री प्रदर्शन गरिएको छ ।
महिलाको श्रमबारे बुझाउनका लागि प्रदर्शनी गरिएको अध्यक्ष देवी गुरुङले जानकारी दिइन् । ‘महिलाले जे पनि गर्न सक्छन् । त्यसको उदाहरण समाजलाई दिनु छ,’ उनले भनिन्, ‘हामीले श्रमिक महिला दिवसकै दिन संस्था खोलेका थियौँ । त्यसैले यो दिन हाम्रो लागि विशेष छ ।’
उक्त संस्थाले महिला, विपन्न तथा पिछडिएका वर्ग तथा अपाङ्गता भएका र एकल, द्धन्द्धपीडित महिलालाई तालिम दिने गरेको छ । तालिमपछि व्यवहारिक अभ्यास गराउने र स्वरोजगार बन्न प्रेरित गर्दै आएको गुरुङले सुनाइन् । यहाँका हस्तकला अमेरिका, जर्मनी, इटली, कोरिया, क्यानडा, अस्ट्रेलिया, जापान लगायतका देशहरूमा निर्यात हुँदै आएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 13 =