एकीकृत समाजवादीका नेता उपाध्यायको शव सोमबार पार्टी कार्यालय लगिने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोजकुमार उपाध्यायको सोमबार अन्त्येष्टि गरिने भएको छ।

पार्टीले आइतबार शोक वक्तव्य जारी गर्दै सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रदाञ्जलीका लागि राख्ने जानकारी दिएको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालका भाइ उपाध्यायको शनिबार एउटा क्याफेको छतबाट खसेर ज्यान गएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धापछि उनी आफैं फालहानेको जनाएको छ। यद्यपी थप अनुसन्धान भइरहेको छ।

उपाध्यायको निधनले पार्टीलाई अपुरणीय क्षति भएको जनाउँदै समाजवादीले अध्यक्ष नेपाललगायत परिवारजनमा समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − six =