मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको दुईतिहाई मत

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको दुईतिहाई मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री शाहले विश्वासको मत पाऊँ भनी राखेको प्रस्तावको पक्षमा ४१ मत प्राप्त भएको छ । विवक्षमा ११ मत परेको छ । जम्मा ५२ सांसदको प्रदेश सभामा उपस्थिति थियो ।

सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत प्रमाणित भएको बताए । यो प्रदेश सभा ५३ सदस्यीय हो । त्यस हिसाबले शाहले पाएको मत दुई तिहाई भन्दा बढी हो ।

२६ माघमा संविधानको धारा १६८ को उपधारा(३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा शाह नियुक्त भएका थिए । उनलाई कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा. तारा जोशीले विश्वासको मत दिएका छन् ।

एमालेका सांसदले विपक्षमा मतदान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *