बानेश्वरमा घन्कियो गणतन्त्र विरोधी नारा (तस्विरहरु)

काठमाडौँ। गणतन्त्र र संघीयता खारेज गर्दै राजा सहितको हिन्दु राष्ट्र कायम गर्न आज (शनिबार) दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौँमा प्रदर्शन गरेको छ।

महाअभियानले शनिबार काठमाडौँको माइतीघरमा भेलाभइ नयाँ बानेश्वरसम्म पुगेर प्रदर्शन गरेको हो। प्रदर्शनका सहभागीहरूले राजतन्त्रको पक्षमा नाराबाजी गर्दै नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, ‘गणतन्त्र मुर्दावाद’ जस्ता नारा लगाएका थिए।

झापाको मेची पुलमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई सुरु भएको दुर्गा प्रसाईँको उक्त अभियानले देशका विभिन्न स्थानहरूमा प्रदर्शन गर्दै आइरहेको छ।

तस्विरहरु:-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *