हाम्रो राष्ट्रपति सेरेमोनियल होइन, संवैधानिक जिम्मेवारी छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राष्ट्रपति सेरेमोनियल वा आलंकारिक नभएको बताएका छन् । बागमती प्रदेशका सांसदहरुलाई राष्ट्रपतिका रामचन्द्र पौडेललाई भोट हाल्न अभिमुखीकरण गर्न आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘हामीले नेपालका राष्ट्रपतिलाई सेरेमोनियल भन्यौँ,’ उनले भने, ‘तर, नेपालको राष्ट्रपति सेयरमोनियल होइन । संवैधानिक हो । संविधानले राष्ट्रपतिलाई जिम्मेवारी दिएको छ । संविधानले दिएको जिम्मेवारी पूरा गर्नुपर्छ । आठ दलले बनाएको राष्ट्रपतिले आठ दलका लागि काम गर्नु पर्दैन । देशका लागि काम गर्नुपर्छ । २५ फागुनपछि रामचन्द्र पौडेलले राष्ट्रपति बनेपछि कांग्रेसका लागि काम गर्नुपर्दैन । देशका लागि संविधान रक्षाका लागि काम गर्नुपर्ने छ । अभिभावकको भूमिका र जनताको राष्ट्रपति बन्नुपर्ने छ ।’

उनले नेपालले हिजोको राजा जस्तो राष्ट्रपति नखोजेको भन्दै राजाकै नक्कल गर्ने राष्ट्रपति आवश्यक नभएको बताएको बताए ।

‘यहाँ राष्ट्रपतिले खाना खानुहुन्न, भुजा ज्युनार गर्नुहुन्छ,’ उनले भने, ‘राष्ट्रपपित हिँड्नु हुन्न, राष्ट्रपतिको सवारी चल्छ । यस्तो राष्ट्रपति हामीलाई चाहिएको होइन । बालबालिकाका समस्या समाधानका क्षेत्रमा राष्ट्रपतिले काम गरे हुन्छ नि । तर, फुर्सदले बसेपछि राष्ट्रपतिलाई चकचक गर्न मनलाग्छ ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *