तारजाली नाघेर बाटो काट्नेलाई खादाले सम्मान गरेका मेयर हमाल विवादित !

काठमाडौँ । कैलालीको धनगढीमा ६ लेन सडक खण्डमा पैदलमार्ग छोडेर तारजालीमाथिबाट सडक काट्दै गरेको एक व्यक्तिलाई खादा ओढाएर सम्मान गरिएको फोटो तथा स्ट्याट्स मेयर हमालले हटाएका छन् ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सडक काट्दै गरेको अवस्थामा भेटिएका धनगढी १३ राजपुरका शिवराज पाध्यायलाई खादा लगाई सम्मान गरेको फोटो बिहीबार उनले आफ्नो फेसबुक वालमा पोष्ट गरेका थिए । तर उनले केही समयपछि त्यो पोष्ट डिलिट गरेका हुन् । उनले त्यसरी सामाजिक सञ्जालमा फोटो हालेपछि चर्को आलोचना भएको थियो ।

यता मेयर हमालले परिवारले गुनासो गरेपछि फोटो तथा स्ट्याट्स हटाएको बताएका छन् । धनगढी उपमहानगरपालिकाले पटक पटक तारजाली संरक्षण गर्न सबैमा अनुरोध गर्दै आएको थियो । ६ लेन सडकमा धनगढीका पैदल यात्रुहरू तालजाली नाघेर जाँदा टुट्दै आएका थिए । त्यहाँबाट कहिले बिरुवा चोरी हुने भने कहिले तारजाली भाँचिन थालेर हैरान भएका थिए ।

सडक लेनको बिचमा तारजाली लगाए पनि केही पैदल यात्रुले धमाधम तारजाली नाघेर सडक काट्न थालेपछि उपमहानगरपालिकाले कडाइ गरेको थियो । ६ लेन सडक पार गर्न विभिन्न ठाउँमा पैदलमार्ग राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *