अछाममा नेविसंघको समानन्तर कमिटी गठन, जिल्लामा पनि दुजाङको हस्तक्षेप
२०७९ फागुन १८ गते

नेविसंघ। फाइल फोटो।
काठमाडौं। अछाममा नेपाल विद्यार्थी संघको समानन्तर समिति गठन गरिएको छ।
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले खेमराज खड्कालाई सभापति मनोनयन गरेपछि रुष्ट भएका नेपाल विद्यार्थी संघ अछामका नेता हरुको एक भेलाले उमेश कुवरलाई सभापति चयन गरेको हो।
केन्द्रीय अध्यक्ष शेर्पाले खड्कालाई सभापतिमा चयन गर्दै ३ महिना भित्र जिल्ला अधिबेशन गर्ने जिम्मेवारी दिएका थिए।
केन्द्रीय अध्यक्षको मनोनयन अस्वीकार गर्दै विद्यार्थी नेताहरुको भेलाले नेपाल विद्यार्थी संघ अछामका कार्यवाहक अध्यक्ष उमेश कुवरलाई सभापतिमा सर्वसम्मत चयन गरेको बताइएको छ।
नेविसंघ केन्द्रिय समितिले एक पक्षीय ढंगले सभापति चयन गरेको भन्दै अछाममा विद्यार्थी नेताहरु आक्रोशित बनेका हुन्।

२०७९ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित








