बाचेनन् ड्युटीमै ढलेका हवलदार

काठमाडौँ । बैतडीमा ड्युटी गर्दागर्दै ढलेका एक प्रहरीको मृत्यु भएको छ । अस्थायी प्रहरी पोस्ट सलेना कार्यरत प्रहरी सहायक हवलदार नवीन चौधरीको ड्युटीकै समयमा मृत्यु भएको हो ।

ड्युटीमा खटिएको बेला चौधरी बुधबार बेलुका एक्कासि ढलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । त्यसपछि प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याएको थियो । उपचारका क्रममा प्रहरी सहायक हवलदार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । चौधरी कैलालीका बासिन्दा हुन् ।

उनको मृत्युको कारण खुलेको छैन । उनको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । ‘आफन्तहरू आउँदै गरेको र शव पोस्टमार्टमका लागि अस्पतालमा रहेको जानकारी दिँदै प्रहरी निरीक्षक जोशीले भने, ‘आफन्त आइ पुगेपछि पोस्टमार्टमको प्रक्रिया अघि बढ्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *