केपी ओली कपको उपाधि मच्छिन्द्रलाई 

काठमाडौँ। काठमाडौँ जारी केपी ओली कपको उपाधि मच्छिन्द्र फुटबल क्लबले उचालेको छ ।

दशरथ रंगशालामा आज (बुधबार) भएको फाइनल खेलमा प्रतिद्वन्द्वी सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पन्छाउँदै मच्छिन्द्रले उपाधि चुमेको हो ।

निर्धारित ९० मिनेटमा दुवै टिम बाट १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउट बाट निर्णय गरिएको हो। पेनाल्टीमा मच्छिन्द्र क्लबको तर्फबाट रञ्जित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे।

सातदोबाटोको तर्फबाट भने नीरज चौधरी, दिपेनराज सिंह र एकराज बुढाथोकीले गोल गरे।

जितसँगै मछिन्द्रले ट्रफीसहित नगद १० लाख हात पारेको छ । उपविजेता सातदोबाटोले ट्रफी सहित नगद ५ लाख प्राप्त गर्‍यो।

तस्बिर : सरोज बस्नेत/मकालुखबर। 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *