रास्वपाको चुनाव चिह्न घण्टीमात्र
२०७९ फागुन १७ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चुनाव चिह्न घण्टीमात्रै हुने भएको छ । रास्वपाले यसअघिकाे चुनाव चिह्न ‘गोलाकारभित्रको घण्टी’ रहेकोमा त्यसलाई बदलेर ‘घण्टी’मात्रै राखिएको छ ।
केन्द्रीय समितिले चुनाव चिन्हमा रहेको गोलाकार घेरा हटाउने निर्णय गरेको थियो, त्यहीअनुसार निर्वाचन अयोगले पनि अनुमति दिइसकेको छ ।
गत मंसिर ४ को निर्वाचनमा गोलाकारभित्रको घण्टी चुनाव चिन्हबाट चुनावमा सहभागी रास्वपाले अब उपनिर्वाचनमा भने चुनाव चिह्न घण्टीमात्रै प्रयोग गर्न पाउने भएको पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
यो पनि
२०७९ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित









