कांग्रेस सांसद गुरुङ भ्रष्टचार मुद्दामा दोषि ठहर

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टचारको मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको विशेष अदालतले ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो। १४ जनाविरुद्ध मुद्दा दायर भएपनि ९ जनालाई अदालतले दोषि ठहर गरेको छ।

उनीहरुलाई गुरुङलाई के कति सजाय हुने भन्ने फागुन २५ गते निर्धारण हुने विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते निलम्बित सांसद गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =